
उदयपुर । उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेल जोड्ने सगरमाथा मार्गअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुई दिनदेखि भइरहेको निरन्तर वर्षाको कारण सुनकोशीमा आएको बाढीले उक्त पक्की पुल बगाएको हो । बाढीले पुल बगाएपछि गरमाथा सडकमार्गअन्तर्गत गाईघाट दिक्तेल सडकमा यातायात सञ्चालन पूर्णरूपमा विच्छेद भएको छ ।
विसं २०६७ बाट निर्माण सुरु भएको उक्त पुल बल्ल २०७४ सालदेखि निर्माण सम्पन्न भएर सञ्चालन भएको थियो । एक सय ७८ मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको उक्त पुल रु १३ करोडमा निर्माण भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ । सुनकोशीमा आएको भीषण बाढीले फोक्सिङटारस्थित सुनकोशीको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै