
काठमाडौँ । सरकारले लगातारको वर्षासँगैकोबाढीपहिरोबाट अवरुद्ध सडक अविलम्ब सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको आपत्कालीन समन्वयात्मक बैठकले अवरुद्ध सडक खुलाउनका लागि भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले बिजुली, खानेपानी, टेलिफोन लगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।
बैठकले बाढीपहिरा तथा डुबानका कारण यातायात प्रभावित भएकाले हाल सञ्चालित विभिन्न परीक्षाहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
बैठकले तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट भएको हानीनोक्सानीको मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै