
काठमाडौँ। बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका प्रवक्ता रविन कार्कीले राससलाई जानकारी दिनुभयो । यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको उहाँले सुनाउनुभयो ।
दक्षिणकालीबाट फाखेल हुँदै हेटौँडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।
यसैगरी स्वयम्भूमा गुडिरहेको बाइकसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । बाइक भेटिएपनि मानिस अझै वेपत्ता भइरहेको जनाइएको छ । बालाजु नयाँ बसपार्क क्षेत्रमा बाइक खोलाले बगाएको छ । मानिस भने सामान्य अस्थामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै