
पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड रुपैयाँ विनियोजन गरेर काम सञ्चालन भएको हो ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१ र८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि ८३ करोड ७९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको हो ।
मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताउनुभयो । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।
कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।
गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा–१० र फलेवास–३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक–सल्यान–घाहाखेत धारापानी–ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ ।
कुश्मा–२ को हिमालय मावि–पाङ– नुहार–खनियाघाट सडक, खुर्कोट–पाङ–नालिवाङ–धाइरिङ–मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक–चित्रे–गगटे–राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।
फलेवास नगरपालिकाको खुमबाट भँगरा–बेतेनी–सल्यानधारा–घन्तरी–लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास–पूर्णगाउँ–पैँयुकोट–लुड्खु सडकका लागि ३ करोड १० लाख रुपैयाँको लागतमा स्तरोन्नति शुरु भएको छ । योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको थियो ।
यसैगरी जलजलाको मिलनचोक–रातमाटा–भोटेडाँडा–शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर–घाखेत–धारापानी–कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमुनीघाट सडकका लागि पनि रु आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा र धरादी–काउँडाँडा–सौर्यकोट–हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिनुभयो ।
आव २०८०र८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै