
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा १ हजार १ सय ६० क्विन्टल नून मौज्दात रहेको छ ।
दशैँ तिहार पर्व लगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिनुभएको छ ।
जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उहाँले बताउनुभयो । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नून मौज्दात रहेको जनाइएको छ । असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नून वितरण गरिएको छ ।
प्रमुख थापाले भन्नुभयो– ‘सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नून वितरण गरिएको छ । यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नूनको कोटा रहेको छ । जिल्लामा नूनको अभाव हुनेछैन ।’
वडाबाटै नून वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलङ्गा बजारको कार्यालयबाट नून वितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै