
चितवन । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो ।
कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिक टन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ । त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिक टन, मकै ६८ हजार ५९१ मेट्रिक टन, गहुँ १६ हजार १३ मेट्रिक टन, कोदो र फापर एक हजार २०८ मेट्रिक टन उत्पादन हुने गरेको कँडेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायी रुपमा बसोबास गर्ने रहेका छन् । त्यसले एक लाख ४० हजार १९ मेट्रिक टन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो ।
त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिक टन, मकै २६ हजार ७७७ मेट्रिक टन, गहुँ १३ हजार ८८८ मेट्रिक टन, कोदो र फापर एक हजार ८० मेट्रिक टन उपभोग भएको कँडेलले बताउनुभयो । उहाँका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिक टन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ ।
जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उहाँले अस्थायी रुपमा बसोबास गर्नेहरुको हकमा बाहिरबाट ल्याउनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै