+

सिस्नेरी - काठमाडौँ सडक पुनः सञ्चालन

मकवानपुर । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । 

त्यो खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले  असोज ८ देखि १९ गतेसम्म सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियोे । 

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट