
कास्की । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर ९एबिसी०को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । त्यो सडक ¬मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिनुभयो ।
पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र २ लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार रुपैयाा लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।
‘सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भिरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौँ’ उहाँले भन्नुभयो ।
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताउनुभयो । पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकामा समस्या समाधान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘घान्द्रुक गाउँ नजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपर्ने बाध्यता थियो । घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।’
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कूलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ । घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो ।
पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक एबिसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको ‘हब’ बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन