
कैलाली। धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यास उत्पादन शुरुवात भएको छ ।
विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो ।
देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम समेत सुरु भएको बताउनुभयो । उहाँले बायोग्यास प्लान्टबाट जैविक मलको दैनिक उत्पादन क्षमता तीन हजार पाँच सय किलो रहेकामा हाल प्रतिदिन दुई हजार किलोग्राम उत्पादन भइरहेको बताउनुभयो ।
खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता एक हजार किलोग्राम रहेकोमा हाल ५ सय किलो ग्राम उत्पादन भइरहेको उहाँले बताउनुभयो । प्लान्टबाट उत्पादित जैविक मलको प्रतिकिलो २० रुपैया र खाना पकाउने प्रतिएलपी ग्यासको (प्रतिसिलिन्डर) १ हजार ४ सय ५० मूल्य कायम गएिको निर्देशक पन्तले जानकारी दिनुभयो ।
उहाँले क्षमता अनुसार उत्पादनका लागि तयार भएर काम शुरु गरिसकेको बताउँदै बजार नभएका कारणले क्षमताभन्दा कम उत्पादन गर्नुपरेको जानकारी दिनुभयो । बजार माग अनुसार उत्पादनको क्षमता पनि बढाउँदै लगिने उहाँको भनाइ छ ।
उहाँले बायोयास प्लान्टमा उपहानगरपालिकाले दैनिक रुपमा सङ्कलन गर्दै आएको कुहिने फोहर, कृषि क्षेत्रको फोहर र औद्योगिक क्षेत्रको फोहरलाई गरी दैनिक ३० हजार किलोग्राम फोहरको व्यवस्थापन भइरहेको बताउनुभयो ।उहाँले सङ्कलन भइरहेको कुहिने फोहरलाई बायोयास प्लान्टमा प्रशोधन गरी जैविक मल र एलपी ग्यासको उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।
बायोयास प्लान्टबाट कम्पोस्ट र झोल मल पनि उत्पादन भइरहेको छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगर र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा गत आवमा २०८० सालमा करिब २१ करोडको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो ।
बायोग्यास प्लान्ट निर्माणमा सरकारको ४० प्रतिशत र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसको ६० प्रतिशत लगानी रहेको जनाइएको छ । देव ट्रेनिङले २० वर्षसम्म प्लान्ट चलाएर धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन