
काठमाडौँ । ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने भएको छ ।
प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले भदौ र असोजमा ३ दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना .गर्न लागेको हो । खस्कँदो नेपाली मौलिक रङ्गमञ्चलाई पुनःजीवन दिने उद्देश्यले भदौ ३०, ३१ र असोज १ गते यहाँस्थित सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरमा ६ वटा नाटक प्रदर्शन गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये ६ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।
नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही १५ हजार तथा छनोट भएका नाटक समूहलाई नाटक अभ्यासका लागि २०–२० हजार रुपैयाँ दिइनेछ । छनोट भएकामध्ये हरेक दिन दुईरदुई नाटक प्रदेश हुने छ जसको समयावधि एकरएक घन्टाको हुनेछ ।
नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने त्यो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सहसदस्य सचिव घनश्याम गौतमले जानकारी दिनुभयो ।
रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटकको अवस्था दयनीय भएकाले यसलाई झक्झक्याउनका लागि प्रतिष्ठानले त्यो महोत्सव आयोजना गर्न लागेको स्पष्ट गर्नुभयो । नाट्यकर्मी रिमालका नाटक नेपाली समाजको वास्तविकता, यथार्थ र स्वाभाविकतामा आधारित हुने गथ्र्यो । उहाँले ‘के घर के डेरा’ शीर्षक चलचित्रमा अभिनय पनि गर्नुभएको थियो । ‘विनुबादल असिना पर्दैन, माया लाग्छ बोलाउन सक्दिन’ बोलका गीतलगायतमा उहाँले स्वर दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो