
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य शुरु गरेको बताउनुभयो ।
सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबिबिएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ् कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।’ तत्कालका लागि ६ प्रदेशका एक÷एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पु-याउने विषयमा गृहकार्य थालिएको उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छौ । सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन । यस्ता बिदा वर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ ।’
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो