
मोरङ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पु¥याउनुपर्ने भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिवद्धता व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धतासहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विचार राख्नुभयो । उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा हामी सबैले आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतम, कार्यालयका सहसचिव राजेन्द्र थापा, उपसचिव ओमप्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरी निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचारविरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गर्नुपर्ने भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभाका सांसद, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी, प्रदेशसभा सचिवालयका कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो