
नवलपरासी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका विषयमा दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको धारणा राख्नुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाटस्थित राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवका क्रममा आज आयोजित समापन समारोहमा उहाँले अबको प्रतिस्पर्धा राजनीतिमा नभई विकासमा हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले अब सातवटै प्रदेशका मुख्यमन्त्रीबीच कसले बढी विकास गर्छ र को पहिला जनताको आँगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । युवालाई स्वदेशमै महिनाको रु ३० देखि ४० हजार कमाउने कसरी बनाउन सकिन्छ ? भन्ने चिन्तनका साथ दुई लाख जनशक्तिलाई रोजगारी दिने योजनाअनुरुप काम अघि बढेको चौधरीको भनाइ थियो ।
“प्राविधिक शिक्षालाई जोड दिनुस्, योजना ल्याउनुस् । प्रदेश सरकारले गर्ने सहयोगका लागि म तयारी छु”, मुख्यमन्त्री चौधरीले भन्नुभयो, “तल्लो तहमा विकास नभई मुलुक विकास सम्भव नहुने भएकाले ग्रामीण क्षेत्रको विकास पहिलो प्राथमिकतामा हुनुपर्छ ।” संविधानलाई पूर्ण कार्यान्वयन गरी आवश्यक नीति–निर्माणमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सीपमूलक व्यवहारिक शिक्षा पद्धति अँगाल्नुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षामार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश सरकार अघि बढिरहेको दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल