
काठमाडौँ । १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते शुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी कुल १६ पदक प्राप्त गरेको छ ।
शुक्रबार पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार के. सी., निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।
दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना स्थान हासिल गरेको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बाधेन गर्दै उपप्रमुख डंगोलले, खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रुपमा खेल जितेको बताउँदै खेलमा सफलहुनेलाई व्यवहार र आचरणमा असल हुन सुझाव दिनुभयो । त्यस्तै सामाजिक समितिका संयोजक के. सी. ले महानगर स्तरमा जितेका खेलाडीहरुले जिल्ला स्तरमा हुने प्रतिस्पर्धामा पनि उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी कोइरालाले, खेलमा सहभागी कोही पनि विद्यार्थीले नहारेको बताउनुभयो । खेलबाट जागृत भएको आत्मविश्वाशले आउँदा दिनका प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल