
इलाम । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको छ ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।
प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।
लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताउनुभयो । ‘पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ– ‘उहाँहरु समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ’ अध्यक्ष केरुङले भन्नुभयो ।
वडा नम्बर ३ बाट शुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्याइने उहाँले बताउनुभयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने बताउनुभयो ।
खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरु १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदनअनुसार विश्वमा करिब २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन् । ती मध्ये ३ करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै