
भोजपुर । पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।
टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो । ‘पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ’ उहाँले भन्नभयो– ‘निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ ।’
सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयबासी मानबहादुर सुनारले बताउनुभयो । ‘माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ । अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो ।’
राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्ती समेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताउनुभयो । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ । माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उहाँको भनाइ छ । ‘पहिरोको कारण पाँचधारे–चखेवा सडक अवरोध बनेको छ’ वडाध्यक्ष माङ्पाहाङले भन्नुभयो,“यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ ।’
वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यो सडक मर्मत गरेपनि वर्षात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ । यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङ् बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै