
काठमाडौँ । ८ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्ति लगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् ।
उहाँले आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो ।
सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आज रिहा गरेको थियो । उहाँले ८ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आउनुभएको छ । आफ्ना माग पूरा नभएसम्म प्रदर्शनी जारी राख्ने संयोजक सुनारले बताउनुभयो ।
पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै