
काठमाडौँ । सांसद राजेन्द्रप्रसाद पाण्डेले गैरकानुनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहलाई कारबाहीको माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले वर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिनुभयो ।
सांसद असिम शाहले अधिकांश युवाहरु विदेशीने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताउनुभयो ।
सांसद प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानुन नबनाउदासम्म मुलुकमा भ्रष्टाचार कम नहुने र सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।
सांसद चित्रबहादुर केसीले देशभर अविरल वर्षाका कारण जनधनको क्षति भएको उल्लेख गर्दै बाग्लुङमा ११ जनाको ज्यान गएको छ भने तीनजना ट्रमा सेन्टरमा उपचार भइरहको हुँदा पहिरापीडितलाई सहयोग गर्न अनुरोध गर्नुभयो । सांसदहरु राजेन्द्रकुमार केसी र तारा लामा तामाङले विद्युत् महसुल बक्यौतासम्बन्धी धारणा राख्नुभयो ।
सांसद रञ्जु झाले भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले स्वास्थ्य बीमालाई बढाएर एक लाखबाट पाँच लाख पु¥याएकोमा प्रसंशा गर्नुभयो ।
सांसद अब्दुल खाँनले बर्दियाका विभिन्न क्षेत्र बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवबहादुरप्रधानले धार्मिक पर्यटनको नेपालमा राम्रो सम्भावना भएको र पर्यटन भित्रयाउनका लागि सरकारले योजना बनाउनुपर्ने बताउनुभयो ।
सांसद प्रेमबहादुर महर्जनले बाढीपहिरा कारण जनधनको क्षति भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दूषित पानीले मानिस बिरामी परिरहेका बताउनुभयो । सांसद निशा डाँगीले देशमै बस्ने वातावरण बनाउनका लागि सरकारको ध्यानार्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै