
सुनसरी। बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबीच सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि लगायतबीच छलफल गरेको थियो । बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्षलाई सार्वजनिक आह्वान समेत गरेको छ । परम्परागत चाडपर्व मनाउने बाहेक प्रशासनको अनुमतिबिना धार्मिक भेला तथा सभा समेत नगर्ने सहमति भएको प्रजिअ तिवारीले बताउनुभयो ।
बैठकले सुनसरीको धरानलगायतका क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव र्याली निकाल्ने निर्णय समेत गरेको छ ।
बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै