
सप्तरी । शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा त्यही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले बताउनुभयो । शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै