
गण्डकी। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका छजनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहनुुभएको छ ।
सम्मानितमध्ये करण बर्दियाका हुनुुहुन्छ भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मेहुर्केर यहीँ क्रियाशील हुनुुहुन्छ । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा एमाले जिल्ला कमिटी सचिव दर्शन लामाले बताउनुुभयो ।
उहाँहरूलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मान गर्नुुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै