
म्याग्दी । अन्नपूूर्ण गाउँपालिकामा ३ दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
अन्नपूूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२/११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युतविहीन बनेको हो । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।
अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाईल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन् ।
मोबाईलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताउनुभयो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी बितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाईमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै