
जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैङ्कको सहयोगमा कार्यक्रम विस्तार गरिएको हो ।
मधेस प्रदेशको ४ वटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर तथा जनकन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको छ ।
दोस्रो चरणमा छनौट भएका उक्त पालिकामा यही साउनदेखि कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसअघि पहिलो चरणमा धनुषाका मुखियापटी मुसरनिया, धनौजी तथा महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि अधिकृत तिवारीले बताउनुभयो । सप्तरी तथा सिरहामा पनि कार्यक्रम सञ्चालन भइरहको छ ।
कार्यक्रम विश्व बैङ्कको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा सङ्घीय सरकारले ल्याएको उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै