
मोरङ। विराटनगर महानगरपालिका–५ बरगाछी स्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको अस्पतालले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अस्पतालका अनुसार आगलागीबाट रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।
अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको बताउनुभयो । आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उहाँको भनाइ छ । हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै