
मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्र् प्रवक्ता ओम पण्डितले बताउनुभयो ।
यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छभने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै