
भक्तपुर । नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ ।
नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास छ । स्थानीयले चाँगुनारायण मन्दिरबाट फर्किएर आआफ्नो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्बीर टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।
भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् ।
नागपञ्चमीका दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजागरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकाङ्क्षा पूरा हुने एवं घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । यहाँका मन्दिरमा दिनभरि दर्शनार्थीको घुइँचो लागेको छ ।
भक्तपुरको नाग पोखरीमा नागको पूजागरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेकगरी भव्य रुपमा पूजा गरेर स्थानीयले मेला भरेका छन् । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबो अर्पणगरी पूजा गरेर मेला भरेका छन् ।
हिन्दू धर्मावलम्बीहरुले आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छीलगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै