
चितवन । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताउनुभएको छ ।
‘अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक छ, कार्यान्वयनमा कसरी गरिन्छ , त्यो हेर्न बाँकी छ । कार्यान्वयन पेचिलो हुन्छ ।’ रासससंँग यहाँ कुराकानी गर्नुहुँदै अध्यक्ष डा कार्कीले मन्त्रालयले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, उकरण ,भौतिक पूर्वाधार सहित वजेट वृद्धि गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो– ‘अस्पताल विकास समितिले जनशक्तिमा लगानी गर्नुपर्यो । सरकारले पनि दरबन्दी थप्नुपयो ।’
सरकारमा राजनीतिक नेतृत्व परिवर्तन भइरहँदा नयाँ कार्यक्रम आउने गरेको जनाउँदै उहाँले यस्ता कार्यक्रमको गहिराइ अध्ययन गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले दुई सिफ्टको बहिरङ्ग सेवा सञ्चालनको के उद्देश्यले ल्याएको हो ? भन्ने आफूहरु स्पष्ट नभएको जनाउँदै उहाँले भन्नुभयो– दुई सिफ्टमा जनतालाई सेवा दिएर पहुँच बढाउँछु भन्ने त राम्रो हो । तर यसको प्राविधिक पाटो र जनशक्तिको पाटो मुख्य कुरा हुन् ।’
स्वास्थ्य मन्त्रालयलाई हेर्दा अहिले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा कार्कीले भन्नुभयो– ‘किनकी त्यही जनशक्तिले धेरै समय काम गर्नु, समय बढाएर काम गर्नु, गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कल्पना नै गर्न नसकिने विषय हो ।’ सेवाको समय बढेपछि बिरामीको चाप पनि थपिने र सेवाको चाप पनि थपिने उहाँको भनाइ छ ।
विकसित मुलुकहरुको उदाहरण दिँदै अध्यक्ष डा कार्कीले भन्नुभयो– ‘संसारका विकसित मुलुकमा पनि वेटिङ (पालो कुर्ने) प्रणाली छ । बेलायतमा हेर्ने हो भने बीमा (इन्स्योरेन्स) ले गर्दा छ महिनादेखि एक वर्षको वेटिङ लिस्ट हुन्छ । अमेरिकामा पनि त्यस्तै छ ।’
एटिएमले पैसा दिए जस्तै तुरुन्त सेवा दिनुपर्छ भन्ने गलत धारणा बोकेर हामी हिँडिरहेको जनाउँदै उहाँले भन्नुभयो– ‘उपचार कुनै इमर्जेन्सी (आकस्मिक) हुन्छ, त्यसलाई तुरुन्त दिनुपर्छ, कुनै ढिलो उपचार गर्दा पनि घाटा नहुने हुन्छ ।’
बहिरङ्ग सेवालाई मात्रै हेरेर अस्पतालको कुरा गरेर नहुने भन्दै उहाँले बहिरङ्गबाहेक चिकित्सकले दिने सेवा धेरै भएको बताउनुभयो । अन्तरङ्गमा भएका बिरामी, शल्यक्रिया, औषधि व्यवस्थापन, अन्य परीक्षण लगायत धेरै काम अस्पतालमा चिकित्सकले गर्नुपर्ने उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै