
म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुने क्रम बढेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।
आव २०८० र ८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८० र ८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् । आव २०७९ र ८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधीमा एक सय एक वटा उद्योग र एक सय १० वटा ब्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताउनुभयो ।
आव २०७७ र ७८ मा सात सय ६२, २०७८ र ७९ मा पाँच सय ७० र २०७९ र ८० मा तीन सय १७ वटा उद्योग र व्यवसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताउनुभयो ।
‘व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दिको असरका रुपमा लिएका छौँ’ उहाँले भन्नुभयो– ‘वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रीया पुरा गर्न दर्ता भएका उद्योग र ब्यवसाय उद्देश्य पुरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्नेहरु पनि छन् ।’
जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको ब्यापार घटेपनि सटरनै बन्द नभएका अध्यक्ष श्रेष्ठको दावी छ । उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका ब्यवसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।
उद्योग तथा ब्यवसाय दर्ता र नविकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि कमी आएको छ । आव २०७९ र ८० मा १९ करोड ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८० र ८१ मा १७ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्ष ३ सय २२ उद्योग र ३ सय ९४ व्यवसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा ३ सय ६ जनालाई रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल २ हजार ८ सय ८९ उद्योग र २ हजार ५ सय ४३ व्यवसाय कायम भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै