
गण्डकी । पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो ।
.गगन नेवाःखलःले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिनुभएको छ ।
महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानले बताउनुुभयो । उहाँका अनुसार नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
उत्कृष्ट परी, जोकर र भेषभूषालाई ३ हजार रुपैयँँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोेगितामा आयोजक गगन नेवाःखलःसहित ९ वटा समूहको सहभागिता रहने सतिव प्रधानले जानकारी दिनुभयो ।
तायाः मचाः नृत्यको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी लेखनाथ नेवाः खलको आह्वानमा विगत केही वर्षदेखि शिशुुवा नेवाः खलः, मिलिजुली नेवाः खलः, समाज कल्याण नेवाः खलः, गणेश नेवाः खलः, अर्घौपौवा नेवाः खलः, भिमसेन नेवाः खलःको आयोजनामा छैटौँ संस्करणसम्मको तायाः मचाः नृत्य प्रतियोगिता सम्पन्न भइसकेको गगन नेवाः खलःका अध्यक्ष लीलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितासँगै कुमारी नृत्य, लेखनाथस्तरीय तायाः मचाः नृत्य, धिमे बाजा, रोपाइँ (धान) जात्रा, लाखे नाच, नेवारी नाच आदि आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न खलःका प्रतिनिधि लगायत वक्ताले नृत्य प्रतियोगिताले मौलिक सांस्कृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै