
जलेश्वर । महोत्तरीमा झुला पर्व शुरु भएको छ ।
मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि शुरु भएको हो । आउँदो पूर्णिमा दिनसम्म मनाइने झुला पर्वका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ ।
महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ ।
झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अवेरसम्म झुला झुलाउने गरिने लक्ष्मीनारायण मठ मटिहानीका महन्थ जगन्ननाथ दास वैष्ण्वले बताउनुभयो । भगवान रामसीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाको अवसरमा मटिहानीमा मेलाको आयोजना गरिएको छ । मेला हेर्न र भगवान रामसीताको भुलनोत्सवमा सहभागी हुन प्रत्येक दिन साँझदेखि अबेर रातिसम्म नेपाल भारतका श्रद्धालुको घुइँचो लाग्छ ।
सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ । मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।
झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुला पर्वको अवसरमा मटिहानीको घर–घरमा पाहुनासमेत आउने र झूला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् । मटिहानीमा यसपाली मेला आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै