
काठमाडौँ । पदीय जिम्मेवारीको चरम दूरुपयोग गर्दै आर्थिक चलखेलका आधारमा ‘सेटिङ धन्दा’ मच्चाएको आरोप लागेका प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
आर्थिक चलखेलका आधारमा पक्राउ पुर्जि जारी भएका प्रतिवादीलाई पक्राउ गर्नुको सट्टा उल्टै संरक्षण गरेर मुद्दाको अनुसन्धान नै नगरी मिसिल सरकारी वकिल कार्यलयमा पेश गरेको आरोप लागेका डिएसपी शिवराज बुढाथोकीविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
डिएसपी बुढाथोकीले ५० लाख विगो बराबरको बैकिङ कसुर मुद्दाका प्रतिवादी भुवनकुमार खतिवडालाई बिचौलियमा मार्फत् सम्पर्क गरेर पक्राउ नगरी उल्टै संरक्षण गरेको, पक्राउ पूर्जी जारी भएपछि पनि डिएसपी बुढाथोकीले प्रतिवादी खतिवडालाई जग्गा बेखबिखन गर्ने सुविधा दिएको, समयमै सम्पत्ति तथा बैक खाता रोक्का नगरेको तथा अनुसन्धानका लागि १ सय ६० दिनको समय बाँकी रहँदा रहँदै जाहेरी दिने पीडित पक्षलाई झुक्याएर थाहै नदिई दुई हप्तामै हतार-हतार मिसिल सरकारी वकिल कार्यलयमा पठाएर पदिय जिम्मेवारीको चरम दूरुपयोग गरेको आरोप छ ।
असार २० गते जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका प्रतिवादी भुवनकुमार खतिवडालाई डिएसपी बुढाथोकीले ‘जानाजान पक्राउ नगरी, मुद्दाको अनुसन्धान हुँदैछ, प्रतिवादीलाई पक्राउ गर्ने तयारी हुँदैछ’ भने जस्ता बहाना बनाएर पीडित पक्षलाई साउन ११ गते सम्म झुक्याइरहेको पीडित पक्षको आरोप छ । तर उनि आफैँले हस्ताक्षर गरेर साउन ७ गते नै मिसिल सरकारी वकिलको कार्यालयमा पेश गरेको पाइएको छ ।
बाउन्स भएको चेकको हदम्याद अवधि ८ महिना र पक्राउ पूर्जीको म्याद १ सय ६० दिन बाँकि हुँदै मुद्दाको अनुसन्धान नै पूरा नगरी हातारमा मिसिल पेश गर्नुमा उनको भूमिका शंकास्पद रहेको भन्दै पीडित पक्षले अख्तियारमा उजुरी दिएको हो । अख्तियार स्रोतका अनुसार उजुरी माथि छानविन शुरु भएको छ ।
सप्तरीको रुपनगर स्थायी ठेगाना भई हाल भक्तपुरको कटुन्जे बस्ने भुवनकुमार खतिवडाविरुद्ध ५० लाख रुपैया विगो बराबरको बैकिङ कसुर मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले असार २० गते अनुमति दिएको थियो ।
तस्बिर : डिएसपी बुढाथोकीको फेसबुकबाट ।
*(यो घटनासंग सम्बन्धित थप बिषयको हामी निरन्तर फलोअप गर्नेछौँ । सम्पादक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै