
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन् ।
सिरहाका इन्जिनियरहरुको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् ।
सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मङ्गलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो । छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो । जसअन्तर्गत भोलि बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ । आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने सङ्घर्ष समितिले जनाएको छ । पुल पुनःनिर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताउनुभयो ।
मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन् । बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आवत्जावत् गर्नुपर्ने बाध्यता छ ।
प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो । पुल अझै पुनः निर्माण हुन नसकेको हो ।
केही दिनअघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै