
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरेर आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई त्यतिकै फर्काउन नहुने बताउनुभयो । उहाँले केही अस्पतालले आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई आर्थिक अभावका कारणले उपचार नगरेपछि उपचार गर्न आग्रह गरिएको बताउनुभयो ।
उहाँले ती अस्पतालको आकस्मिक कक्षमा उपचार नभए मात्र अन्यत्र पठाउन आग्रह गर्नुभयो । ‘आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने बिरामीलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा अस्पतालसँगको सहकार्यमा समन्वयमा प्रेषण गर्न गराउनु अनुरोध गर्दछौँ’ उहाँले भन्नुभयो ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका उल्लेख गर्दै आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको छ ।
जनस्वास्थ्य ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपत्कालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै