+

भक्तपुर-नगरकोट सडक अवरुद्ध

भक्तपुर। लगातारको वर्षापछि खसेको पहिरोले भक्तपुर–नगरकोट सडक अवरुद्ध भएको छ । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज दिउँसो चाँगुनारायण–६ मुहान पोखरी नजिक पहिरो जाँदा सडकमा अवरुद्ध भएको जानकारी दिनुभयो । 

उहाँले सुरक्षा निकायसँगको समन्वयमा सडक खुलाउने प्रयास गरिरहेको बताउनुभयो । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक सडकसमेत पहिरोको जोखिममा परेपछि नगरकोटबाट भक्तपुर आवतजावत रोकिएको छ । भोलिसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । 

यसैगरि चाँगुनारायण मन्दिर जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको सडक भने आजै खुलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट