
गण्डकी। जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।
मङ्गलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।
विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षित आश्रयस्थलमा सार्न प्राधिकरणले सूचित गरेको छ । भारी वर्षा हुनसक्ने जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने जनाउँदै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । भारी वर्षा भइरहेका बेला अत्यावश्यक नपरी यात्रा नगर्न तथा नदी किनार र पहिराको जाखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपाउन प्राधिकरणले अनुरोध गरेको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि वर्षाले निम्ताउने विपद्बाट जोगिन विशेष सावधानी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षापछि बागलुङको बडिगाड गाउँपालिका–२ र दसमा मङ्गलबार खसेको पहिरामा परी आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पहिरामा परी दस जना घाइते भएको प्रहरीले जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै