
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रुपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा सङ्गीतकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताउनुभयो ।
उहाँले रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताउनुभयो । सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने उल्लेख गर्नुभयो ।
नदी किनार, पहिरो जाने स्थानमा लामो समयदेखि बस्दै आएका सुकुम्बासीलाई राजनीतिक पार्टीको रसिद थमाइएको तर उनीहरुको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उहाँले वास्तविक सुकुम्बासी पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व भएको खण्डमा मुलुक बन्ने स्पष्ट पार्नुभयो ।
सांसद अच्युतप्रसाद मैनालीले संविधानमा उल्लेख गरिएको मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराउनुभयो । सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा मौलाएको अनियमितता पारदर्शी तवरले छानबिन गरेको उल्लेख गर्नुभयो । उहाँले रेडक्रसमा रगत सङ्कलन र भण्डारणमा समेत अनियमितता रहेको पाइएको भनेर छानबिन समितिले औँल्याएको बताउनुभयो ।
रेडक्रसका पदाधिकारी आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको, रक्तसञ्चार भवन निर्माणमा भ्रष्टाचार भएको, भक्तपुरको जग्गा खरिदमा पनि उस्तै बेथिती रहेको पाइएको उहाँको भवन छ । मानवीय संस्थामाथि भ्रष्टाचारको प्रश्न उठ्नु आफैँमा दुःखद् रहेको सांसद कार्कीको भनाइ छ ।
सांसद प्रभु साहले बंगलादेशमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बङ्गलादेशका रहेका नेपालीको अवस्थाका बारेमा सरकारलई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामकृष्ण यादवले अघिल्ला सरकारले गरेको गल्ती र कमजोरी वर्तमान सरकारले नदोहो¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट विनियोजनको अभावका कारण धनुषाका विभिन्न विकास निर्माणको काम प्रभावित भएको बताउनुभयो ।
सांसद दयालबहादुर शाहीले वर्तमान सरकार देश बनाउन बनेको उल्लेख गर्दै फाइल लुकाउन नभएको बताउनुभयो । स्वाधीन अर्थतन्त्रको विकासका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले निष्ठाको राजनीतिका लागि दुई ठूला दल एकआपसमा मिलेको उल्लेख गर्नुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुमको चौरजहारीमा रहेको नहर मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बैंकमा रहेको पुँजी सहज र सरल रुपमा प्रवाह हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद लालप्रसाद सावा लिम्बूले विभिन्न देशमा रहेका नेपाली भाषीले आफ्नो पहिचानको खोजी गरिरहेको उल्लेख गर्दै नेपाल आउँदा सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद वासुदेव घिमिरेले उद्योगी व्यवसायी मजदुर तथा किसान वर्तमान सरकार गठन भएपछि उत्साहित भएको उल्लेख गर्दै शेयर बजारमा देखिएको सकारात्मक परिवर्तन त्यसैको उपज भएको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समाचारले स्थानीयवासी उत्साहित भएको स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक