
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी वोल्कले बिदाइ भेटघाट गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटघाटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेकामा राजदूत वोल्कको प्रशंसा गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा गर्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटघाटमा राजदूत वोल्कले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा राजनीतिक दलहरुबीच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले दलबीचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा साढे ३ वर्षको कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका वोल्कले अब राजदूतका रुपमा नरहे पनि यहाँ रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैँ नेपालको सद्भावना दूतका रुपमा रहिरहने विश्वास दिलाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै