
मुगु । खराब मौसमले मुगुस्थित रारा विमानस्थलमा ३ दिनदेखि उडान प्रभावित भएको छ ।
मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो ।
शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज आज मौसममा केही सुधार भएपछि उडानको तयारी भए पनि पुनःमौसममा खराबी आएपछि समिटले एअरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ ।
तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगञ्ज जाने यात्रुहरू समस्यामा परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि सकिएको यात्रुहरूले दुखेको सुनाउँछन ।
रारा विमानस्थलमा उडान नहुँदा मुख्यगरी वर्षे बिदामा घर गएका शिक्षक प्रभावित भएका छन् । शिक्षक नम्रता मल्ल भन्नुहुन्छ– ‘सडक राम्रो छैन । मौसमको खराबीले हवाई उडान पनि निश्चित छैन, त्यसैले समस्या भएको छ । कार्यक्षेत्रमा जान सकिएको छैन ।’
रारामा उडान भर्ने ती एअर लायन्स छन् । तीमध्य तारा एअरले मर्मतसम्भारका लागि भन्दै काठमाडौँ र सीता एअरले प्रशासनिक काम देखाउँदै मुगु उडान गरेको छैन । हाल समिट एअरले मात्र उडान भर्दै आएको थियो । सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताउनुहुन्छ ।
रारामा नियमित उडान गर्दै आए पनि तीन दिनयता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगञ्ज स्टेशन प्रमुख वसन्त मल्ल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘मुगु जाने र मुगुबाट नेपालगञ्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो । बिच बाटोमा मौषम बिग्रदा जहाज फर्कनु पर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक