
सर्लाही । बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ ।
आज सर्लाहीको मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा बोलबमका भक्तजन सवार ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, निवासी ४५ वर्षीया पतही देवीको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी पतही देवीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्जस्थित एनएमसी अस्पताल पुर्याइएको थियो ।
घटनामा घाइते भएका चार जना चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उहाँकी ९ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटना लगत्तैै ट्रयाक्टर चालक फरार भएका प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै