
दाङ । टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर घोराही सडक पाँच घन्टापछि खुलेको छ। शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही १५ का ३९ वर्षीय गम्भीर घाइते हुनुभएको थियो । उपचारको क्रममा शनिबार बिहान उहाँको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।
टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आज बिहानैदेखि सडक अवरूद्ध गरेका थिए।
मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो। क्षतिपूर्तिबारे समिति र मृतकका परिवारबीच कुरा मिलेपछि पाँच घन्टादेखि अवरूद्ध सडकमा सवारी आवागमन शुरू भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।
शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो।
बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक