
कञ्चनपुर । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो ।
बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । ‘बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ’ उहाँले भन्नुभयो । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए ।
बाघलाई नियन्त्रणमा लिन ५ वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै