
ललितपुर । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्नुहुने भएको छ ।
मानव सेवा फाउण्डेशनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्नुहुने भएको हो । कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले जानकारी दिनुभएको छ ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाउनु भएको आयोजकले जनाएको छ । धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहनुभएका अनिरुद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुनेगरेको बताइएको छ ।
आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ ।
स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै