
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही देशव्यापी अभियान आरम्भ गरेको छ ।
अभियान आरम्भका अवसरमा विकासको अधिकार आधारभूत मानव अधिकार हुनाका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धित रहेकाले यो अभियान आवश्यक रहेको नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–८ वाग्मतीनगरस्थित शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै नागरिक स्वाभिमानका लागि यो अभियान आवश्यक रहेको उहाँले बताउनुभयो । विकाससँगै जोडिएको प्रसङ्ग उल्लेख गर्दै शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही थालेको देशव्यापी अभियानको नागरिक अगुवा पाण्डेले सफलताको कामना गर्नुभएको थियो ।
शान्ति समाजका सभापति रामकृष्ण बरालले यो अभियानलाई निरन्तर अघि बढाइने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा समाजका पूर्वसभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरु होमकान्त चौलागाई र डा गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल लगायतले विकासको अभियान ७ सय ५३ वटै स्थानीय तहमा लैजानुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा विभिन्न तहको जनप्रतिनिधिको सहमभागिता रहेको थियो ।
यसैबीच, ‘विकासको अधिकार अहरणीय अधिकार’ भन्ने मूल नारासहित शान्ति समाजले देशव्यापी अभियान प्रारम्भ गरेको छ । यही मूल नारामा केन्द्रित रही २०८१ मा शान्ति समाजको जिल्ला साधारणसभा हुने जानकारी गराइएको थियो । यस क्रममा साउन १२ गते काठमाडौँ शाखाको साधारणसभा सम्पन्न भइसकेकोे शान्ति समाजले जनाएको छ ।
विकासको अधिकारअन्तर्गत शान्ति समाजले पहिलो चरणमा कर्णालीको उत्थान र विकासमा योगदान गर्न र हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकषर्ण गराउँदै आएको शान्ति समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक