
काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । उहाँको त्यही निधन भएको हो ।
दुई साताअघि जन्मथलो फर्किनुभएका उहाँले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनुभएको थियो । गुरुदेव निकट मानिनुहुने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाड्नु भएको थियो ।
उहाँले भन्नुभयो– ‘गुरुदेवले ३ दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।’
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागर लगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहनुभएको थियो । दिवङ्गत हुनुभएका कामतको श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिनुभयो । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात हुनहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै