
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एशिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उहाँहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो ।
त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले दुई मुलुकका समाचार संस्थाबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । ६ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चाइना मिडिया ग्रुपबीचको सहकार्यले समाचार सेवा आदनप्रदान मात्र नभइ दुई मुलुकको जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
‘समाचार सहकार्यको सम्बन्ध सधैँ कायम रहिरहनुपर्छ, हामी निरन्तर सहकार्यको पक्षमा छौँ’ कार्यकारी अध्यक्ष झाले भन्नुभयो– एक वर्षअघि चीनको ग्वान्जाओमा भएको ‘वल्र्ड मिडिया समिट’ मा म सहभागी भएको थिएँ, हालै राससका प्रधानसम्पादक उत्तम सिल्वालले चीन सरकारको निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभएको थियो, भ्रमण आदानप्रदानले एकअर्कालाई, चिन्न, समस्या बुझ्न र समाधान पहिल्याउनका साथै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न वातावरण निर्माण गर्नेछ ।’
दुई देशका पत्रकारबीचको सम्बन्ध जति बढी सुदृढ र घनिष्ट हुन्छ, जनस्तरको सम्बन्ध पनि त्यत्तिनै कसिलो हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । द्विपक्षीय भ्रमण आदनप्रदानलाई आगामी दिनमा निरन्तरता दिई सहकार्यको सम्भावना खोज्नुपर्ने उहाँको भनाइ छ ।
चाइना मिडिया ग्रुपका एशिया–प्रशान्त निर्देशक छाओ यीले दुई मुलुकका समाचार संस्थाबीच प्रविधि हस्तान्तरण, तालिम आदनप्रदान जस्ता कार्यमा सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले समाचार सेवा आदनप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले दुई संस्थाबीच सहकार्यको सम्झौता गरेर अगाडि बढ्न मिडिया ग्रुपले प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक यीले सांस्कृतिक सम्पदा र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण काठमाडौँ बसाइँ र यहाँका जनताको आतिथ्यताबाट आफू प्रफूल्लित भएको बताउनुभयो ।
निर्देशक यीले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको बेइजिङमा सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व सम्बन्ध खुला र विस्तार गर्ने तथा आधुनिक विकासमा सहकार्य गर्ने निर्णय गरेबमोजिम मिडिया ग्रुपले सम्बद्ध मुलुकबीच सहयोग आदनप्रदानका साथै एकअर्काबाट पाठ सिकेर अगाडि बढ्ने रणनीति लिएको स्पष्ट पर्नुभयो ।
हङ्कङमा मुख्यालय रहेको चाइना मिडिया ग्रुपका एशिया–प्रसान्त निर्देशक यीले एशिया–प्रसान्त क्षेत्रका ४१ मुलुकसँग सहकार्य अघि बढाउने जिम्मेवारी पाउनभएको छ । चाइना मिडिया ग्रुप ६ वर्षअघि चीनका विभिन्न सञ्चार माध्यम गाभिएर बनेको समाचार संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक