
कैलाली । सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १ वर्षमा १ सय ७२ को मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८० र ८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको हो ।
त्यस अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिपरकार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रकरट्याङ्कर, नौ टिप्पर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छवटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । गत आवमा छ हजार छ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन् ।
गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो । ‘मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ’ उहाँले भन्नुभयो– ‘अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।’
आर्थिक वर्ष २०७९ र ८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ६ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए । कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै