
काठमाडौँ। आगमी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई केहि सीट भागबन्डा गर्न सत्ता गठबन्धन सकारात्मक देखिएको छ । सीट भागबन्डाका बिषयमा छलफल गर्न सत्ता गठबन्धनले नेकपा एमालेका शीर्ष नेतालाई आज अपरान्ह ५ बजे बालुवाटार निम्तो गरेको छ ।
आज बिहान प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेट्ने निर्णय गरेको थियो । एमालेसंग छलफल गर्नुअघि आज तीन बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।
सत्ता गठबन्धनको बैठक पनि साझ एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’
एमालेलाई कति सीट दिने भन्ने विषय भने नटुंगिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल