
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शार्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ ।
तीन वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उहाँले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रधानसेनापति शर्माले भन्नुभयो– ‘व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।’ उहाँले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदा कार्य गर्न निर्देशन दिनुभयो ।
त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन सुझाव दिनुभयो ।
बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुख लगायत रथीवृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालन लगायत समसामयिक विषयमा प्रस्तुति करणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै