
ललितपुर । दलित महिला संघ (फेडो)को ३० औँ वार्षिकोत्सव मंगलबार भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयनमा विशेष समारोहको आयोजना गरेर फेडोले आफ्नो ३० औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सरकारका प्रतिनिधि, संघीय संसदका सदस्यहरु, विभिन्न संवैधानिक आयोगका प्रतिनिधि, कूटनीतिक नियोका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी लगायतका निम्तालुहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आगन्तुक सबै पाहुनालाई संस्था स्थापनाको ३० औँ वार्षिकोत्सवको ‘लोगो’ लगाइदिएर स्वागत गरिएको थियो ।
अनौपचारिक रुपमा संचालन गरिएको कार्यक्रममा दलित महिला संघ फेडोका संस्थापक अध्यक्ष दुर्गा शोव, अध्यक्ष कला स्वर्णकार तथा कार्यकारी निर्देशक रविना जी रसाइली लगायतले आगन्तुक पाहुनाहरुलाई स्वागत गर्दै संस्थाको तर्फबाट संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा फेडोको ३० वर्षको इतिहास समेटेर निर्माण गरिएको वृत्तचित्र ‘फेडोको ३० वर्षको यात्रा’ प्रस्तुत गरिएको थियो । यसैगरी कार्यक्रम स्थलमा ३० वर्षदेखि फेडेले गरेका संघर्ष र सफलताका विषय झल्काउने तस्बिर प्रदर्शनी गर्नुका साथै विभिन्न जिल्लाका दलित महिलाले उत्पादन गरेका हस्तकलाका समाग्रीका स्टल समेत राखिएको थियो ।
दलित महिलाको राजनीतिक, समाजिक तथा आर्थिक अधिकार स्थापनाका लागि ३० वर्षमा दलित महिला संघ फेडोले खेलेको भूमिका विषयमा कार्यक्रममा उपस्थित पाहुनाहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै