
काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा आफूलाई दोष देखाएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असन्तुष्टि जनाउनुभएको छ ।
बालकुमारीमा गएको शुक्रबार राज्यको दमनमा २ युवाले जीवन गुमाएपछि गृहमन्त्री र प्रहरी प्रमुखले पूर्वाधारमन्त्री ज्वालालाई दोष लगाउनुभएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र र प्रहरी प्रमुख बसन्त कुँवरले पूर्वाधारमन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने भन्ने धारणा व्यक्त गर्नुभएको थियो । पूर्वाधारमन्त्री ज्वालाले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री र प्रहरी प्रमुखको त्यो भनाईप्रति असन्तुष्टि जनाउनुभएको हो ।
घटनामा गृहमन्त्री र प्रहरी प्रमुखले आफूलाई दोष लगाएपछि पूर्वाधारमन्त्री ज्वाला त्यसको भोलिपल्ट मंगलबार बिहान आफ्नो नेकपा पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाललाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर घटनामा आफू चोखिन खोजेको पूर्वाधारमन्त्री ज्वालाको गुनासो छ । ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाको बुझाई छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा पूर्वाधारमन्त्री ज्वालाले ‘ईपीएसका कारण समस्या उत्पन्न भयो, दुई पक्षको झडप मसँग जोडिंदैन । त्यहाँको परिस्थिति थाहा नभएर हाम्रो गाडी बाटोमा आयो ’ भन्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल